साताको पहिलो दिन नेप्से २१ अंकले गिरावट « Khabarhub

साताको पहिलो दिन नेप्से २१ अंकले गिरावट


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.१० ले घटेर २७४.६२ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १८.४५, व्यापार १६.७३, होटल ३९.८, विकास बैंक २१.३१, जलविद्युत् १८.९६, वित्त १०.६७, निर्जीवन बीमा १५१.७४, उत्पादन २६.०५, अन्य ६.७२, लघुवित्त २६.८१, जीवन बीमा १२४.९९ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रहेको छ । सो संस्थाको रु आठ करोड २६ लाख ४६ हजार २७० बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ४५ लाख ४७ हजार ५८४, ग्लाबेल आइएमई बैंक रु छ करोड २९ लाख ६८ हजार ७२५, शिवम् सिमेन्ट रु तीन करोड ३९ हजार ६६३, एनआइसी एशिया रु दुई करोड ९९ लाख ८६ हजार ३०६, प्रभु बैंक रु दुई करोड ९६ लाख ७२ हजार १४४ र गुराँस लाइफ रु दुई करोड ६८ लाख ९० हजार ६१७ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार जोशी हाइड्रोपार ३.१७, एआइबिएल प्रगति फन्ड २.९२, एनएमबी माइक्रोफाइनान्स २.७१, खानीखोला हाइड्रोपावर १.९६ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै जानकी फाइनान्स ८.५५, मिथिला लघुवित्त ७.४८, रिडी हाइड्रोपावर ७.३१, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८० र युनाइटेड इन्सुरेन्सका लगानीकर्ताले ५.१० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ४० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा