उपसभामुखबारे चाडै निर्णय हुन्छः प्रधानमन्त्री ओली  | Khabarhub Khabarhub

उपसभामुखबारे चाडै निर्णय हुन्छः प्रधानमन्त्री ओली 


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको चयन छिटै हुने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सभामुखको चयन प्रक्रिया सकियो, अब उपसभामुखको निर्वाचन कहिले हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘छिट्टै निर्णय हुन्छ ।’

संविधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको फरक लिंगको समेत हुनुपर्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि  दाबी नगरेको बताइरहँदा सभामुखमा नेकपाका उम्मेदवारलाइ समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले समेत उपसभामुखका बारेमा नेकपासँग छलफल नभएको बताएको छ ।

राजपाका नेता राजेन्द्र महतोले नेकपाले उपसभामुख दिए लिन तयार रहेको तर त्यसका बारेमा छलफल भइनसकेको बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ४५ बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता