उपसभामुखबारे चाडै निर्णय हुन्छः प्रधानमन्त्री ओली  « Khabarhub

उपसभामुखबारे चाडै निर्णय हुन्छः प्रधानमन्त्री ओली 


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको चयन छिटै हुने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सभामुखको चयन प्रक्रिया सकियो, अब उपसभामुखको निर्वाचन कहिले हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘छिट्टै निर्णय हुन्छ ।’

संविधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको फरक लिंगको समेत हुनुपर्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि  दाबी नगरेको बताइरहँदा सभामुखमा नेकपाका उम्मेदवारलाइ समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले समेत उपसभामुखका बारेमा नेकपासँग छलफल नभएको बताएको छ ।

राजपाका नेता राजेन्द्र महतोले नेकपाले उपसभामुख दिए लिन तयार रहेको तर त्यसका बारेमा छलफल भइनसकेको बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ४५ बजे

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय