आजबाट कोटेश्‍वर-जडीबुटी सडकमा सवारी चलाउँदा नयाँ नियम ! « Khabarhub

आजबाट कोटेश्‍वर-जडीबुटी सडकमा सवारी चलाउँदा नयाँ नियम !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–जडीबुटीमा हुने सवारी चापलाई मध्यनजर गर्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी चापको व्यवस्थापनका लागि सो रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो ।

एसएसपी ढकालका अनुसार विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ। छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने अपेक्षा गरे ।

‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन’ उनले भने, ‘जामलाई कम गर्नका लागि यो नियम ल्याइएको हो।’

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ४५ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६