ह्वाट्सएप चलाउनुहुन्छ, फस्नुहोला नि ! « Khabarhub

ह्वाट्सएप चलाउनुहुन्छ, फस्नुहोला नि !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरमा हाल ह्वाट्सएप प्रयोगकर्ताहरुको संख्या २ अर्व पुगेको छ भने नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ताहरु रहेका छन् ।

तर  ह्वाट्सएपको प्रयोग असुरक्षित रहेको पाइएको छ । ह्वाट्सएपको सुरक्षा प्रणाली कमजोर रहँदा यसमार्फत हुने निजी जानकारी, विभिन्न विवरण तथा डाटाहरुको आदानप्रादाको सुरक्षा नरहेको चेतावनी दिइएको हो ।

यसका प्रयोगकर्ताहरुमार्फत हुने  ग्रुप कुराकानी पनि असुरक्षीत देखिएको छ ।

यदि तपाई पनि कुनै ग्रुपमा एड हुनुहुन्छ र ग्रुपमा आफ्नो निजी जानकारीहरु पनि शेयर गर्नुहुन्छ भने सर्तक हुनुपर्ने अवस्था आएको छ ।

तपाईको ग्रुप म्यासेजलाई अपरिचित मानिसहरुले पनि सजिलै पढ्न सक्दछन् । यस्तोमा तपाईको नम्बर र ठेगाना गलत मानिसहरुको हातमा पुग्न सक्दछ ।

वेबसाइट मदरबोर्डको एक रिर्पोटमा लाखौँ प्रयोगकर्ताहरुको ग्रुप म्यासेजको लिंकहरु गूगलमा रहेको खुलाइएको छ । मदरबोर्डको टोलीले एक एनजियोको ह्वाट्सएप ग्रुपलाई गूगलमा ट्रेश गरि भेट्टाएको थियो ।

सुरक्षासँग जोडिएको ह्वाट्सएपको यस कमजोरीको जानकारी सबैभन्दा पहिले र्जोडन विल्डन नामका एक पत्रकारले ट्विटरमा शेयर गरेका थिए।

उनले गूगलमा ह्वाट्सएपका लागिइन्भाइट टू ग्रुप लिंक फिचरलाई गूगलमा सर्च गर्न सकिने पत्ता लगाएका थिए ।

एप रिर्वस इन्जिनियर जेन वान्गका अनुसार ‘च्याट डट ह्वाट्सएप डटकम मा सर्च गर्दा गूगलमा ४ लाख ७० हजार रिजल्ट देखिएको थियो ।

एडमिनले मानिसहरुलाई ग्रुपमा शामेल गर्नको लागिइन्भाइट टू ग्रुप भिया लिन्कं फिचरको प्रयोग गर्न सकिन्छ । तर उनिहरुले यसलाई सोशल मिडिया वा कुनै वेबसाइटमा शेयर गर्ने गर्दछन् । यस्तोमा गूगल जस्ता सर्च इन्जिनले यसलाई सजिलै खोज्न सक्दछन् ।

ह्वाट्सएपका प्रवक्ता एलिसन बनीले कुनैपनि कन्टेन्टको रुपमा इन्भाइट लिंकलाई पब्लिक च्यानलमा शेयर गर्दा यसलाई सजिलै खोज्न सकिने बताएका छन् ।

त्यस्तै गुगलका प्रवक्ता ड्यानी सुलिवानले ट्विटमा गूगल र अरु सर्च इन्जिनले ओपन वेबमा उपलब्ध रिजल्टलाई देखाउने बताएका छन् ।

यो तथ्य सार्वजनिक भए पश्चात गुगलले इन्डेक्सिङ्ग बन्द गरिदिए पनि अन्य सर्च इन्जिनमा भने यो अझै पनि उपलब्ध रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : २९ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक