वर्षाले जाडो बढायो, मिथिला माध्यमिकी परिक्रमाका यात्रीको बिचल्ली « Khabarhub

वर्षाले जाडो बढायो, मिथिला माध्यमिकी परिक्रमाका यात्रीको बिचल्ली


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जनसहित परेको पानीले थरथरी कमाउने जाडो बढाएको हो ।

फागुन दोस्रो साता शुरु भएसँगै ह्वात्तै बढेको गर्मीले थन्क्याइएका जाडाका कपडा फेरि निकाल्नुपरेको सर्वसाधारणको प्रतिक्रिया छ । अपराह्नपछि करिब दुई घण्टासम्म परेको पानीले जिल्लाका ग्रामीण सडक हिलाम्य बनाएको छ ।

हिउँद सिद्धिनै लागेका बेला परेको पानीले यहाँको दोस्रो मुख्य बाली गहुँको बाला पोटाउन निकै राहत दिएको छ । त्यसैगरी वैशाखी ‘सिजन’का नयाँ तरकारीका बिरुवालाई पछिल्लो वर्षा अमृत नै भएको किसानले प्रतिक्रिया दिएका छन् ।

मङ्गलबारको वर्षाले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई भने चिल्लिबिल्ली बनाएको छ । तेस्रो दिनको विश्रामका लागि जिल्लाको सीमावर्ती भारतको मधुवनी जिल्लामा पर्ने फूलहरमा रहेका यात्री पानी पर्न थालेपछि आश्रय खोज्दै नजिकको गाउँबस्ती पसेका थिए । पूmलहरमा पोखरी छेउको गिरिजा मन्दिर छेउमा यात्री बस्ने पुरानो परम्परा छ ।

मिथिला माध्यमिकी परिक्रमाका यात्री आज बुधबार यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका छन् । तेस्रो दिनको रात्रिबास छिमेकको भारतमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान) मा गरेका यात्री आज चौथो दिनको रात्रिबासका लागि महोत्तरीको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यात्रीलाई मटिहानीको नेपाल–भारत सीमाक्षेत्रमा नगरप्रमुख हरिप्रसाद मण्डलसहितका मटिहानीवासीले स्वागत गरेका छन् ।

यात्रीको बसोबास र खानपिन प्रबन्धका लागि मटिहानी नगरपालिका, महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानी, लक्ष्मीनारायण मठ र अन्य सामाजिक सङ्घसंस्था आवश्यक तयारीमा जुटेका नगरप्रमुख मण्डलले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : २३ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि