बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य « Khabarhub

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार  सन् २०३० सम्ममा विश्वभर १२.५ करोड विद्युतीय कारहरु गुड्नेछन् ।

यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको क्रम बढ्दै गएको छ । तर पनि आम मानिसमा बिद्युतीय कारहरुका बारेमा केहि भ्रमहरु पाइन्छन् ।

तर ती हल्लामा कुनै तथ्य पाइन्नन्।  यस्ता छन् विद्युतीय गाडीबारेका भ्रम र यथार्थ –

चार्जमा समस्या

बिद्युतीय कारहरु उत्पादन गर्ने कम्पनीहरु यसको चार्जरलाई बनाउने काममा लागेका छन् ।

यस्ता कारहरुको प्रयोग बढेसँगै यसको लागि चाहिने चार्जर र चार्जिंग स्टेशनहरु निर्माणको कामहरु संसारभर नै तीब्र गतिमा अघि बढेको बताइन्छ ।

हालै नेपाल बिद्युत प्राधिकरणले समेत उपत्यकाका बिभिन्न स्थानमा चार्जिंग स्टेशन निर्माण गर्ने घोषणा गरिसकेकको छ ।

यसअर्थमा विद्युतीय गाडी खरिद गरे पनि चार्ज गर्न नै पाइन्न भन्ने भ्रममा त्यो हदको सत्यता पाइन्न ।

गति कम हुने

यस्ता कारहरुलाई शुन्य देखि १०० को स्पीडमा पुग्न हाल थोरै समस्या देखिए पनि विश्वको सबैभन्दा छिटो दौडने कारको रुपमा पनि विद्युतीय गाडी नै अब्बल भएको तथ्य नकार्न सकिन्न ।

पिनिनफरिना बातीस्ता नामको कारले उच्च गतिमा कुदेर त्यो भ्रमलाई चिरिदिइसकेको छ ।

यस कारले दुई सेकेन्ड भन्दा कम समयमा नै १०० किलोमिटरको गति समाउँदछ । प्रविधिमा भईरहेको परिवर्तनसँगै बिद्युतीय कारहरुको गतिमा पनि वृद्धि हुँदै गईरहेको छ ।

लामो दूरी पार गर्न मुस्किल

औषतमा बिद्युतीय कारहरुले एक पटकको चार्जमा २५० देखि ४०० किलोमिटरको दूरी सजिलै तय गर्न सक्दछन् ।

तर पनि अकास्मात आइपर्ने यात्राहरु र शर्ट रेन्ज चार्जिंग यस कारको समस्याको रुपमा देखा पर्न सक्दछ ।

तर टेस्लाले बनाएको केहि मोडलले ५ सय किलोमिटर सम्मको दूरी तय गर्न सक्ने देखिन्छ । जसबाट अन्य कम्पनीले पनि बढि दूरी तय गर्ने कार निमार्ण सुरु गरेका छन् ।

महंगो

हाल यस्ता कारहरुको प्रयोग बढेसँगै यसको मूल्य पनि कम हुँदै गईरहेको छ । छिमेकी मुलुक भारतमा यस्ता कारको मूल्य २२ लाख भारुको आसपास पर्ने देखिएको छ । यस हिसाबले यस्ता कारहरुको प्रयोग बढ्दै जाँदा मूल्य घट्दै जाने निश्चित देखिन्छ । महंगोको हल्ला भ्रम मात्र हो।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ०३ बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा