सिरियामा सेनाको हवाई कारवाही, २० सर्वसाधारणको मृत्यु « Khabarhub

सिरियामा सेनाको हवाई कारवाही, २० सर्वसाधारणको मृत्यु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् ।

आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक विद्यार्थी र अरु तीन शिक्षक समेत छन् ।

मंगलबार सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

सिरियाली सेनाले इडलिब प्रान्तको राजधानी इडलिब शहर र त्यसआसपासका बस्तीमा व्यापक हवाई आक्रमण गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

त्यस्तै, इडलिब शहरबाट उत्तरमा रहेको मरात मिस्रिन शहरमा गराइएको हवाई आक्रमणमा १० सर्वसाधारण मारिएका छन् ।

त्यसबाहेक बिन्निस शहरमा गराइएको हवाई कारवाहीमा आमा र दुई बच्चासहित ४ जनाको ज्यान गएको राइट्सका प्रमुख रामी अब्देलरहमानले जनाएका छन् ।

त्यस्तै, युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेशन नामक अर्को संस्थाले हवाई आक्रमणका क्रममा दुई नर्सरीसहित १० विद्यालय र इडलिब केन्द्रिय अस्पताल क्षतिग्रस्त भएको उल्लेख छ ।

पछिल्लो समय सिरियाली सेना र विद्रोही पक्षबीच इडलिब प्रान्तका विभिन्न मोर्चामा व्यापक भीडन्त भइरहेको छ ।

हालैमात्र विद्रोहीको प्रत्याक्रमणमा सिरियाली सेनाले इडलिब शहरबाट केही किलोमिटरको दूरीमा रहेको नयरब शहर गुमाएको थियो । सिरियाली विद्रोहीले नजिकैको शरकिब शहरतर्फ आक्रमणलाई चर्काएका छन् ।

केही साताअघि मात्रै रुसी वायुसेनाको सहयोग तथा इरानी लडाकु र लेबनानी शिया समूह हेज्बोल्लाहको सहयोगमा सिरियाली सेनाले इडलिब प्रान्तको विशाल भूभाग विद्रोहीको कब्जाबाट आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : २० बजे

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले