सिरियामा सेनाको हवाई कारवाही, २० सर्वसाधारणको मृत्यु « Khabarhub

सिरियामा सेनाको हवाई कारवाही, २० सर्वसाधारणको मृत्यु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् ।

आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक विद्यार्थी र अरु तीन शिक्षक समेत छन् ।

मंगलबार सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

सिरियाली सेनाले इडलिब प्रान्तको राजधानी इडलिब शहर र त्यसआसपासका बस्तीमा व्यापक हवाई आक्रमण गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

त्यस्तै, इडलिब शहरबाट उत्तरमा रहेको मरात मिस्रिन शहरमा गराइएको हवाई आक्रमणमा १० सर्वसाधारण मारिएका छन् ।

त्यसबाहेक बिन्निस शहरमा गराइएको हवाई कारवाहीमा आमा र दुई बच्चासहित ४ जनाको ज्यान गएको राइट्सका प्रमुख रामी अब्देलरहमानले जनाएका छन् ।

त्यस्तै, युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेशन नामक अर्को संस्थाले हवाई आक्रमणका क्रममा दुई नर्सरीसहित १० विद्यालय र इडलिब केन्द्रिय अस्पताल क्षतिग्रस्त भएको उल्लेख छ ।

पछिल्लो समय सिरियाली सेना र विद्रोही पक्षबीच इडलिब प्रान्तका विभिन्न मोर्चामा व्यापक भीडन्त भइरहेको छ ।

हालैमात्र विद्रोहीको प्रत्याक्रमणमा सिरियाली सेनाले इडलिब शहरबाट केही किलोमिटरको दूरीमा रहेको नयरब शहर गुमाएको थियो । सिरियाली विद्रोहीले नजिकैको शरकिब शहरतर्फ आक्रमणलाई चर्काएका छन् ।

केही साताअघि मात्रै रुसी वायुसेनाको सहयोग तथा इरानी लडाकु र लेबनानी शिया समूह हेज्बोल्लाहको सहयोगमा सिरियाली सेनाले इडलिब प्रान्तको विशाल भूभाग विद्रोहीको कब्जाबाट आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : २० बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत