डा युवराज खतिवडाको मन्त्री पद के हुन्छ ? | Khabarhub Khabarhub

डा युवराज खतिवडाको मन्त्री पद के हुन्छ ?


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै वर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको मन्त्रीपद के हुन्छ भन्ने प्रश्न उव्जिएको छ ।

बुधवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनका लागि मन्त्रिपरिषद्बाट राष्ट्रपतिलाई सिफारिस गर्ने भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो ।

यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा वामेदव गौतमको नियुक्ति हुने छ । योसँगै अर्थमन्त्री खतिवडाको कार्यकाल समेत सकिने छ ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था रहेको छ ।

धारा ७८ को उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य भएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ ।

धारा ७८ को उपधारा २ मा लेखिएको छ,‘उपधार १ बमोजिम नियुक्त मन्त्रीले शपथग्रहरण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने उल्लेख गरिएको छ ।

र धारा ७८ को उपधार २ बमोजिमको अवधिभित्रै संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कामय रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुन नियुक्तिका लागि योग्यो हुने छैन ।

यसर्थ सञ्चारमन्त्रालयको समेत जिम्मेवारी सम्हालि रहेका अर्थमन्त्री डा खतिवडाको पद कहिलेसम्म जोगिन्छ भन्ने कुरा अब प्रधानमन्त्री मा निर्भर रहन्छ ।

डा खतिवडालाई प्रधानमन्त्रीले तत्काल नहटाए पनि उनले ६ महिना भित्र संसदस्य सदस्यता पाउनु पर्ने हुन्छ । जसको सम्भावना न्यून रहेको छ ।

किनकी राष्ट्रिय सभाका कार्यकाल सकिएका सदस्यहरुको निर्वाचन सकिएको छ भने मनोनित कोटामा पनि उपाध्यक्ष गौतम सिफरिस हुने भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : २४ बजे

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख