ए डिभिजन लिगमा दिपेशले अशोकलाई गरेका थिए म्याच फिक्सिङका लागि प्रस्ताव | Khabarhub Khabarhub

ए डिभिजन लिगमा दिपेशले अशोकलाई गरेका थिए म्याच फिक्सिङका लागि प्रस्ताव


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तरगत खेल नम्बर ५९ को खेल हिमालयन शेर्पा र सरस्वती युवा क्लबबीचको थियो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको उक्त खेलमा सरस्वतीले ४–३ गोल अन्तरले जीत हात पारेको थियो ।

तर, लिगको पुछारमा रहेको टोलीले अंक तालिकाको शीर्ष १० भित्रको टीमविरुद्ध ४ गोल गर्दा धेरैले उक्त खेलमा मिलेमतोको आशंका गरेका थिए ।

त्यो आशंकामात्रै रहेन, अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले उक्त खेललाई लिएर अनुसन्धान गर्यो । दोषी भेटिए सरस्वती युवा क्लबका तत्कालीन कप्तान दिपेश श्रेष्ठ ।

श्रैष्ठले हिमालयन शेर्पाका गोलकिपर अशोक थापासमक्ष म्याच फिक्सिङका लागि प्रस्ताव गरेको पुष्टी भएपछि बुधबार एन्फाले उनलाई २ वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना गरेको छ । तर, हिमालयन शेर्पाका गोलकिपरले भने छुट पाएका छन् ।

‘दिपेशले अशोकसमक्ष फिक्सिङका लागि प्रस्ताव गरेको पुष्टी भएपछि उनलाई कारबाही गरिएको हो,’ एन्फा प्रवक्ता किरण राईले भने,‘तर, दिपेशको प्रस्ताव अस्वीकार गरेको अनुशन्धानमा भेटिएपछि अशोकले छुट पाएका हुन् ।’

एन्फाले घरेलु फुटबलमा फिक्सिङमा कारबाही गरेको यो नै पहिलो पटक हो । यसबाट के पनि स्पष्ट हुन्छ भने एन्फा मिलेमेतामा स्पष्ट रहेको देखिन्छ ।

दिपेशमात्रै होइन एन्फाले हिमालयन शेर्पाका टीम व्यवस्थापक विजय श्रेष्ठलाई समेत कारबाही गरेको छ । उनले फिक्सिङ भएको जानकारी समयमा पाउँदा पनि उजुरी नदिएको भन्दै एन्फाले कारबाही गरेको हो । उनलाई ३० हजार नगद जरिवाना गरेको छ ।

यस्तै, हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई कडा चेतावनीसहित छुट दिएको छ ।

‘विजयले समयमै फिक्सिङ भएको जानकारी पाउँदा पनि जानकारी नगराएकोमा उनलाई कारबाही गरिएको हो,’ प्रवक्ता राईले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : १७ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना