ए डिभिजन लिगमा दिपेशले अशोकलाई गरेका थिए म्याच फिक्सिङका लागि प्रस्ताव « Khabarhub

ए डिभिजन लिगमा दिपेशले अशोकलाई गरेका थिए म्याच फिक्सिङका लागि प्रस्ताव


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तरगत खेल नम्बर ५९ को खेल हिमालयन शेर्पा र सरस्वती युवा क्लबबीचको थियो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको उक्त खेलमा सरस्वतीले ४–३ गोल अन्तरले जीत हात पारेको थियो ।

तर, लिगको पुछारमा रहेको टोलीले अंक तालिकाको शीर्ष १० भित्रको टीमविरुद्ध ४ गोल गर्दा धेरैले उक्त खेलमा मिलेमतोको आशंका गरेका थिए ।

त्यो आशंकामात्रै रहेन, अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले उक्त खेललाई लिएर अनुसन्धान गर्यो । दोषी भेटिए सरस्वती युवा क्लबका तत्कालीन कप्तान दिपेश श्रेष्ठ ।

श्रैष्ठले हिमालयन शेर्पाका गोलकिपर अशोक थापासमक्ष म्याच फिक्सिङका लागि प्रस्ताव गरेको पुष्टी भएपछि बुधबार एन्फाले उनलाई २ वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना गरेको छ । तर, हिमालयन शेर्पाका गोलकिपरले भने छुट पाएका छन् ।

‘दिपेशले अशोकसमक्ष फिक्सिङका लागि प्रस्ताव गरेको पुष्टी भएपछि उनलाई कारबाही गरिएको हो,’ एन्फा प्रवक्ता किरण राईले भने,‘तर, दिपेशको प्रस्ताव अस्वीकार गरेको अनुशन्धानमा भेटिएपछि अशोकले छुट पाएका हुन् ।’

एन्फाले घरेलु फुटबलमा फिक्सिङमा कारबाही गरेको यो नै पहिलो पटक हो । यसबाट के पनि स्पष्ट हुन्छ भने एन्फा मिलेमेतामा स्पष्ट रहेको देखिन्छ ।

दिपेशमात्रै होइन एन्फाले हिमालयन शेर्पाका टीम व्यवस्थापक विजय श्रेष्ठलाई समेत कारबाही गरेको छ । उनले फिक्सिङ भएको जानकारी समयमा पाउँदा पनि उजुरी नदिएको भन्दै एन्फाले कारबाही गरेको हो । उनलाई ३० हजार नगद जरिवाना गरेको छ ।

यस्तै, हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई कडा चेतावनीसहित छुट दिएको छ ।

‘विजयले समयमै फिक्सिङ भएको जानकारी पाउँदा पनि जानकारी नगराएकोमा उनलाई कारबाही गरिएको हो,’ प्रवक्ता राईले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : १७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा