भारतबाट भित्रिएका चार दर्जन मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

भारतबाट भित्रिएका चार दर्जन मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गैर कानूनी रूपमा भारतबाट नेपाल भित्रएको चार दर्जन बढी भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरूलाई हेटौंडामा नियन्त्रणमा लिइएको हो ।

मकवानपुर ट्राफिक प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका चार दर्जन ट्रक नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

भैरहवा नाकाबाट भित्रिएका केही ट्रकलाई ट्राफिक प्रहरीले १ हजार जरिवाना तिराएर नेपाल प्रवेशको अनुमति दिएको पाइएक पनि ती ट्रकलाई समेत नियन्त्रणमा लिइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । मापदण्ड भन्दा बढी भार बोकोका कारण नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र व्यवसायीहरूले संयुक्त रूपमा गैरकानुनी रूपमा नेपाल भित्रिरहेको सवारीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो ।

भारतबाट भित्रने ट्रकहरूले विगतमा नेपालका भन्सारसम्म र नियमबमोजिम भन्सारदेखि १५ किलोमिटरसम्म मात्र सामान ल्याउने गरेको भएपनि पछिल्लो समय भारतीय ट्रकले नै नेपालमा निर्बाध रूपमा सामान बोकेर पुग्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले नेपाल–भारत पारवहन सम्झौताअनुसार टुक्र्याउन नमिल्ने र ओराल्दा बिग्रने मेसिनरी औजारबाहेक नेपालको भन्सार नाकाबाट १५ किलोमिटर भित्रसम्म पर्ने औद्योगिक कोरिडोरसम्म मात्रै मालबाहक सवारी आउन पाउने व्यवस्था रहेको बताए ।

यसअघि विराटनगर, वीरगन्ज नाकाबाट समेत भारतीय ट्रकहरू नेपाल प्रवेश गर्ने गरेकोमा हाल उक्त नाकामा कडाइ गरिएपछि भैरहवा नाकाबाट ट्रकहरु भित्रिने गरेका छन् ।

नियन्त्रणमा लिइएका भारतीय ट्रकहरूले नेपालको कानूनमा तोकिएभन्दा ५ देखि १० टनसम्म बढी भार बोकेको पाइएको छ ।

मालबाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार नेपालमा गुड्ने मालबाहक सवारीले क्षमताअनुसार बढीमा २४ टनसम्म मात्र सामान बोक्न पाउने व्यवस्था रहेको छ । निर्देशिकाअनुसार तोकिएभन्दा बढी भार बोक्ने सवारीलाई जरिवानाका साथै बढी भएको सामान झारेर मात्र पठाउनुपर्ने हुन्छ ।

बढी भार बोकेर नेपाल छिरेका भारतीय ट्रकहरूका कारण नेपाली व्यवसायी मारमा परेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले बताए । उनले कानुनविपरित भित्रने भारतीय ट्रकलाई नाकामै रोक्नुपर्ने बताए ।

‘यातायात क्षेत्र नेपालीहरूको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो । भारतीय सवारीका कारण हामी लामो समयदेखि समस्या रहेका छौं । सवारीको बैंकमा किस्ता तिर्नसमेत समस्या परिरहेको छ’, श्रेष्ठले भने, ‘कानुन विपरित बढी भार बोकेर नेपाल छिर्ने भारतीय ट्रकका कारण सडक जीर्ण हुनुका साथै सवारी दुर्घटनासमेत बढिरहेको छ ।’

विभिन्न समयमा व्यवसायीहरूको विरोध पश्चात् विराटनगर र वीरगन्ज नाकामा कडाइ गरिए पछि अन्य नाकाबाट भने भारतीय ट्रकहरू भित्रिने गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : २५ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको