नेपाली सेनाको १० प्रतिशत जनशक्ति शान्ति सेनामा खटाइने | Khabarhub Khabarhub

नेपाली सेनाको १० प्रतिशत जनशक्ति शान्ति सेनामा खटाइने


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा मन्त्रालयले नेपाली सेनाका १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत नेपाली सेना खटाउने विषयमा कुरा भइरहेको जानकारी दिएका हुन् ।

उनले नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा पहुँच  तथा नातावादको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनोट कार्यविधि’ तयार गरिएको समेत जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानूनि सुधारतर्फ उल्लेख्य कामहरु गरेको बताए।

उनले राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधन गरिएको लागयतका नीतिगत सुधारका कामहरु गरेको जानकारी दिए ।

हाल संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट ५ हजार १ सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ५० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास