राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिँदै « Khabarhub

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिँदै


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज यहाँ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । ‘पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व चुङ्वा सेर्पाको स्मृतिमा रु तीन लाख राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटो पत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने जानकारी दिए । 

यसले फोटो पत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारको माध्यम फोटो भिडियो हुने भएका फोटो बैंक आवश्यक रहेको धारणा राखे ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो प्रतिलिपि अधिकार (कपिराइट) को विषयमा बोल्दै फोटो पत्रकारका सिर्जनाहरू अनुमतिविना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेका उल्लेख गरे । 

काठमाडौँ फोटो ग्राफर सङ्घका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिए  । पूर्वअध्यक्ष राजभाइ सुवालले एआइको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राखे । 

संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरू राज्य तथा सञ्चारगृहबाट पीडित भएको उल्लेख गर्दै जीवन बिमा, स्वास्थ्य बिमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने गरेको बताए । 

उनले अन्तरराष्ट्रियस्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशका १०० जना फोटो पत्रकार तथा फोटो ग्राफरलाई सहभागी गराई अन्तर्राष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गरे  ।
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : १७ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल