नेपाली सेना राष्ट्रिय एकताको प्रतिक हो : प्रधानसेनापति थापा « Khabarhub

नेपाली सेना राष्ट्रिय एकताको प्रतिक हो : प्रधानसेनापति थापा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताएका छन् ।

बुटवल रामनगर ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गरे ।

प्रधानसेनापति थापाले भने, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत सचेत रहनैपर्छ ।”

उनले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्द्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने र ऐतिहासिक पर्यटनको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले सेवानिवृत्त सैनिकको सामाजिक पहिचान र आर्थिक विकासका लागि शिक्षा, स्वास्थ्यको पहुँच विस्तारमा जोड दिइएको बताए ।

बलाध्यक्ष रथी गौरव तण्डुलले बहालवाला र भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताए ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी(सेवानिवृत्त) पदमविलास कार्कीले कोषबाट सम्पादन गरिएका कामका बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा उपरथी नरबहादुर कँडेल (अवकाशप्राप्त) र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी (अवकाशप्राप्त) केशवबहादुर भण्डारीले पनि पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी कामका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा प्रधानसेनापति थापाले विगतको द्वन्द्व, विभिन्न प्राकृतिक विपद्का क्रममा घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुकलाई चेक हस्तान्तरण गरेका थिए ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको संस्कृति, वेशभूषा झल्किने कौरा, थारु, सोरठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, गुल्मी पाल्पा, अर्घाखाँचीका सेवानिवृत्त सैनिक र तिनका परिवारको उपस्थिति थियो । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् भने हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि