‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा परियार बने प्रथम « Khabarhub

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा परियार बने प्रथम


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थी बीचको निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथमले स्थान हासिल गरेका छन् ।

परियार रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन।

निबन्ध प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत मनिता योङहाङले दोस्रो स्थान र सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुङ्गाका रामचन्द्र अधिकारीले तेस्रो स्थान हात पारेका छन् ।

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालभरबाट स्नातक तह र सोभन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीका निबन्धहरू समावेश गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः रु २५ हजार, २० हजार र १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।

विजयी प्रतियोगीलाई स्व.अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने संयोजक पाण्डेले बताए ।

रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चीरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको गठन गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : २० बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति