पोखरामा सैनिक अस्पताल सञ्चालन « Khabarhub

पोखरामा सैनिक अस्पताल सञ्चालन


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली सेनाका लागि लक्षित गरी पोखरमा निर्माण गरिएको सैनिक अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका हुन् ।

नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० शय्या क्षमताको छ ।

नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उक्त अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपिडी सेवा रहेका छन् । त्यस्तै मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ ।

नवनिर्मित अस्पतालको निरीक्षणपश्चात कुराकानी गर्दै प्रधान सेनापति थापाले अस्पताललाई सुविधा सम्पन्न र व्यवस्थित गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेशअन्तर्गतका नेपाली सेनामा कार्यरत एवं पूर्वभूपू सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यसबाट लक्षित वर्गले भरपुर उपयोग लिनुपर्नेमा जोड दिए ।

अस्पतालका प्राविधि प्रमुख सेनानी डा आरजु चन्द्र सिंहका अनुसार अस्पतालमा हाल विभिन्न विषयका चिकित्सकसहित ७७ कर्मचारीको व्यवस्था भइसकेको छ ।

अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका २० हजारभन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपाली सेनाले यसअघि ६३५ शय्याको सैनिक अस्पताल छाउनी र ५० शय्याको नेपालगञ्ज अस्पताल सञ्चालन भइसकेको तथा इटहरीमा ५० शय्याको अस्पताल सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ०० बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग