चिसो मौसममा मुटुरोगीले ध्यान दिनुपर्ने १० कुरा « Khabarhub

चिसो मौसममा मुटुरोगीले ध्यान दिनुपर्ने १० कुरा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम मुटुका बिरामीहरुका लागि अनुकूल समय मानिँदैन । तसर्थ धेरै मानिस चिसो मौसममा मुटुको समस्या लिएर अस्पताल धाउने गर्दछन् ।

जसमा बृद्ध भन्दापनि पछिल्लो समय युवापिढीको संख्या बढ्दो छ । त्यसको कारण हो, खराब जीवनशैली । तसर्थ चिसो मौसममा मुटुरोग सम्बन्धी समस्या बढ्नु अघि समयमै यसको ख्याल गर्नुपर्ने हुन्छ । यसका लागी निम्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

१. गर्मीको तुलनामा चिसो मौसममा हृदयघात हुने सम्भाबना प्रबल रहने भएकाले यस मौसममा मुटुका बिषयमा बढि सावधानी अपनाउनु पर्छ ।

२. चिसो मौसममा मुटुको नशा खुम्चिने र रक्तसञ्चार प्रवाहमा समस्या हुने भएकाले बिरामीका साथै आफन्तजन पनि सर्तक हुन जरुरी छ ।

३. गर्मीमा भन्दा चिसो मौसममा रुचि बढ्ने, भोक जाग्ने भएकाले खानपिनमा विशेष ख्याल गर्नुपर्छ ।

४. मुटुमा समस्या नहोस् भन्नलाई चिल्लो, पिरो, चिसो खानबाट सकेसम्म बच्नुपर्छ । अन्यथा मुटुमा असर पर्न सक्छ ।

५. स्वस्थ्य मुटुका लागी मानिस पर्याप्त निदाउन आवश्यक छ । तसर्थ दैनिक कम्तीमा ७ घण्टा सुत्नु अनिवार्य हुन्छ ।

६. यस मौसममा मर्निङ वाक जादाँ मुटुका बिरामीले बाक्लो कपडा लगाएर मात्रै जानु पर्छ ।

७. धेरै समयसम्म चिसोपानीमा काम गर्नाले पनि मुटुमा असर पर्ने हुन्छ ।

८. मुटुको रक्तचाप, मधुमेह, कोलेस्ट्रोल कन्ट्रोल गर्नुपर्छ । त्यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । र आवश्यकता अनुसार औषधीको सेवन गर्नुपर्छ ।

९. मदिरा, धुम्रपान लगायतका कुलत त्याग्नु पर्छ ।

१०. सकारात्मक सोच राख्ने र आत्मविश्वासी बन्ने र नियमित चिकित्सकको परामर्शमा रहने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : २२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा