चिसो मौसममा मुटुरोगीले ध्यान दिनुपर्ने १० कुरा « Khabarhub

चिसो मौसममा मुटुरोगीले ध्यान दिनुपर्ने १० कुरा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम मुटुका बिरामीहरुका लागि अनुकूल समय मानिँदैन । तसर्थ धेरै मानिस चिसो मौसममा मुटुको समस्या लिएर अस्पताल धाउने गर्दछन् ।

जसमा बृद्ध भन्दापनि पछिल्लो समय युवापिढीको संख्या बढ्दो छ । त्यसको कारण हो, खराब जीवनशैली । तसर्थ चिसो मौसममा मुटुरोग सम्बन्धी समस्या बढ्नु अघि समयमै यसको ख्याल गर्नुपर्ने हुन्छ । यसका लागी निम्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

१. गर्मीको तुलनामा चिसो मौसममा हृदयघात हुने सम्भाबना प्रबल रहने भएकाले यस मौसममा मुटुका बिषयमा बढि सावधानी अपनाउनु पर्छ ।

२. चिसो मौसममा मुटुको नशा खुम्चिने र रक्तसञ्चार प्रवाहमा समस्या हुने भएकाले बिरामीका साथै आफन्तजन पनि सर्तक हुन जरुरी छ ।

३. गर्मीमा भन्दा चिसो मौसममा रुचि बढ्ने, भोक जाग्ने भएकाले खानपिनमा विशेष ख्याल गर्नुपर्छ ।

४. मुटुमा समस्या नहोस् भन्नलाई चिल्लो, पिरो, चिसो खानबाट सकेसम्म बच्नुपर्छ । अन्यथा मुटुमा असर पर्न सक्छ ।

५. स्वस्थ्य मुटुका लागी मानिस पर्याप्त निदाउन आवश्यक छ । तसर्थ दैनिक कम्तीमा ७ घण्टा सुत्नु अनिवार्य हुन्छ ।

६. यस मौसममा मर्निङ वाक जादाँ मुटुका बिरामीले बाक्लो कपडा लगाएर मात्रै जानु पर्छ ।

७. धेरै समयसम्म चिसोपानीमा काम गर्नाले पनि मुटुमा असर पर्ने हुन्छ ।

८. मुटुको रक्तचाप, मधुमेह, कोलेस्ट्रोल कन्ट्रोल गर्नुपर्छ । त्यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । र आवश्यकता अनुसार औषधीको सेवन गर्नुपर्छ ।

९. मदिरा, धुम्रपान लगायतका कुलत त्याग्नु पर्छ ।

१०. सकारात्मक सोच राख्ने र आत्मविश्वासी बन्ने र नियमित चिकित्सकको परामर्शमा रहने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्