भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो « Khabarhub

भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय नाघेको छ । एकै दिन १ सय २१ जनामा संक्रमण देखिएको छ ।

विहीबार विहानसम्म भारतमा संक्रमितको संख्या ६५७ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। बुधबार मध्य प्रदेशमा एकजनाको मृत्यु भएको थियो ।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र र केरल प्रभावित भएका छन्। महाराष्ट्रमा हालसम्म ११२ जना र केरलमा १०५ जना संक्रमित भएका छन्।

राजधानी दिल्लीमा एक चिकित्सक पनि कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली सरकारको कार्यक्रम मोहल्ला क्लिनिकका चिकित्सक पोजेटिभ भेटिएपछि उनीसँग स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

भारतमा लगातार कोरोना पोजेटिभको संख्या बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेदेखि भारतभर २१ दिनका लागि लकडाउन लागू गरेका छन्। त्यसअघि जनना कर्फ्यू लगाइएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ४६ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री