विश्वभर कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण « Khabarhub

विश्वभर कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ ।

फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ ।

त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये १ लाख १४ हजार २ सय १८ जनाले स्वास्थ्यलाभ लिएर फर्किएका छन् ।

संक्रमणदर घटेको चीनमा पनि विगत २४ घण्टाको अवधिमा ६७ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोनाको संक्रमणमा रहेका ६ जनाले ज्यान गुमाएका छन् । योसँगै चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ ।

त्यस्तै इटालीमा ६ सय ६८ संक्रमितको मृत्यु भएको छ । यो मृत्युसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।

अमेरिकामा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । अमेरिकामा संक्रमित नयाँ १ सय ५५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्इा ९ सय ३५ पुगेको छ । भने ६५ हजार ७ सय ९७ जना संक्रमित छन् ।

त्यस्तै स्पेनमा संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ । नयाँ ६ सय ५६ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ५४ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले