कोरोनाको बढ्दो त्रासको बेला यौन सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव « Khabarhub

कोरोनाको बढ्दो त्रासको बेला यौन सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस मानिसको कपालको टुप्पाको भन्दा लगभग ९ सय गुण सानो जीवाणु हो ।

त्यसैले स्वास्थ्य सर्तकतामा सानो चुक गरे पनि कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ । चिकित्सकका अनुसार कोरोनाको संक्रमण फैलने कारणहरु धेरै प्रकारका हुने गरेका छन् ।

ती मध्ये प्रमुख कारण यी हुन् :

१. चिकित्सकका अनुसार कोरोना संक्रमितको सम्पर्कमा जाने वा नजिक हुने ब्यक्तिमा कोरोना सर्ने जोखिम हुन्छ । तर संक्रमित भन्दा एक मिटर टाढा रहने मानिस वा अरुले खोक्दा, हाच्छ्यु गर्दा वा थुकको छिटा नपर्ने गरी टाढा बसिएको छ भने कोरोना सर्दैन ।

२. बारम्बार आफ्नो अनुहारमा हातमा लैजाने मानिसमा पनि कोरोनाको संक्रमण हुने खतरा उच्च हुन्छ ।

३. रोगप्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण हुने खतरा हुन्छ । साथै वृद्ध उमेर भएका वा रोगले ग्रसितमा पनि यो रोग सर्ने संभावना हुन्छ ।

४. बस, ट्याक्सि, इरिक्सा लगायतका सार्वजनिक सवारी वा अन्य स्थलबाट कोरोना भाइरस सर्ने खतरा उच्च हुन्छ । त्यसैले यस प्रकारको स्थल वा साधनमा यात्रा नगर्नु र सकेसम्म घरभित्रै बस्नु उत्तम हुन्छ ।

५. मन्दिर, पार्टि प्यालेस, कपाल काट्ने स्थल, होटल, सिनेमाघर लगायतका क्षेत्रमा जादाँ पनि कोरोना सर्ने संभावना हुन्छ ।

६. कुनै पनि संक्रमित मानिसले छोएको वा खोक्दा, हाच्छ्यु गर्दा थुक लागेको सतह छोएमा पनि कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।

७. विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस सेक्सुअल ट्रान्समिटेड रोग होइन । तसर्थ यौनसम्पर्क गर्दैमा यो रोग सर्छ भन्ने हुदैन । तर संक्रमित ब्यक्तिसंग चुम्बन गरेमा कोरोना सर्ने संभावना उच्च रहन्छ । लाइफव्यारीबाट

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ३७ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली