बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन « Khabarhub

बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्नो जमानाकी चर्चित बलिउड अभिनेत्री निम्मीको बुधवार निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा निधन भएको हो ।

केही समय यता उनी ह्वील चियरमा मात्र सीमित थिइन् । उनले सान्ताक्रुजको एक अस्पतालमा आफ्नो अन्तिम सास लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको अन्तिम संस्कार २६ आज (बिहीवार) गरिने जनाइएको छ ।

उनले ५० देखि ६० को दशकमा स्टारडम बनाएकी थिइन् । उनले फिल्म ‘बरसात’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । साथै अमर, दाग, दीदार, मेरे महबूब लगायत कैयन् हिट फिल्म दिएकी थिइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : १८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी