नागरिक कर्तव्य पालनाको समय | Khabarhub Khabarhub

नागरिक कर्तव्य पालनाको समय



काठमाडौं — नेपालमा हाल कोरोना भाइरस संक्रमित दुई जना बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा छन् । ती दुवै जना विदेशबाट आएका हुन् ।

उनीहरुसँगै विमानमा आएका यात्रुमध्ये केही सम्पर्कमा आएका छन् । बाँकीलाई जतिसक्दो चाँडो सम्पर्कमा आउन आह्वान गरेको छ । तेस्रो संक्रमति युवा काठमाडौंमा होटलमा बसेका थिए ।

बितेको करिब एक सातामा पाँच लाख नेपाली नागरिकहरु भारतबाट आए । यी नागरिकहरु गाउँ गाउँमा पुगेका छन् ।

यीमध्ये कति क्वारेन्टिनमा छन् छन् र कति खुला हिँडेका छन्, जानकारी छैन ।

एक व्यक्तिबाट अर्कोमा सर्ने संक्रामक रोगको नियन्त्रणको मुख्य उपाय सर्ने क्रम तोड्नु हो । यही उपाय हो लकडाउन र स्वयम् क्वारेन्टिन ।

छिमेकी भारत लगायत अन्य देशबाट आएका नागरिकहरु तोकिएअनुसार स्वयम क्वारेन्टिनमा बसेका छन् कि छैनन् भन्ने चिन्ता सरकारमा देखिएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारत तथा अन्य देशबाट गाउँघर फर्केकाहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरे ।

उनले अहिले उपचारमा रहेका दुई जना संक्रमितसँग यात्रा गरेर फ्रान्स र कतारबाट आएका यात्रुहरुलाई सम्पर्कमा आउन आह्वान गरेका छन्।

उनले विदेशबाट आएर गाउँ पुगेका व्यक्तिहरुका कारण त्यहाँको समाज भयभित रहेको भन्दै उनले नजिकको अस्पतालमा गएर आफ्नो स्वास्थ्य परीक्षण गराउन र सरकारको निर्देशन अनुसार क्वारेन्टिनमा बसेर समाजलाई सुरक्षित बनाउन आह्वान गरेका छन् ।

स्वास्थ्य मन्त्रीको आह्वान छ— कोरोना भाइरस संक्रमति व्यक्तिहरु जो जहाँ छौँ, आफ्नो ठाउँ नछोडौँ, स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओले तोकेको मर्यादा सबैले पालना गरौँ ।

व्यक्ति, परिवार, समाज र राष्ट्रलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन लक डाउन पालना गर्नु, स्वयम क्वारेन्टिनमा बस्नु र शंका लागेको अवस्थामा स्वास्थ्य जाँच गराउनु नागरिकको कर्तव्य हुने मन्त्री ढकालले भनाइ छ ।

सरकारले संक्रमण फैलिन नदिन बाध्यात्मक अवस्थामा लक डाउन गर्नु परेको हो । स्वास्थ्य सेवा उन्नत नरहेको हाम्रो मुलुकमा संक्रामक रोग नियन्त्रणबाहिर गए अकल्पनीय अवस्था उत्पन्न हुन सक्छ ।

सरकारको निर्देशन पालना गर्नु, घरघरमा स्वयम् क्वारेन्टिनमा बस्नु र जनचेतना अभिवृद्धिमा सक्दो सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हो ।

साबुनपानीले बारम्बार हात धोऔँ, मास्क लगाएर बसौँ, आपसमा दूरी कायम गरेर बसौँ । संत्रमणको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा पुगेर जचाऔँ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ३९ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले