नागरिक कर्तव्य पालनाको समय « Khabarhub

नागरिक कर्तव्य पालनाको समय



काठमाडौं — नेपालमा हाल कोरोना भाइरस संक्रमित दुई जना बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा छन् । ती दुवै जना विदेशबाट आएका हुन् ।

उनीहरुसँगै विमानमा आएका यात्रुमध्ये केही सम्पर्कमा आएका छन् । बाँकीलाई जतिसक्दो चाँडो सम्पर्कमा आउन आह्वान गरेको छ । तेस्रो संक्रमति युवा काठमाडौंमा होटलमा बसेका थिए ।

बितेको करिब एक सातामा पाँच लाख नेपाली नागरिकहरु भारतबाट आए । यी नागरिकहरु गाउँ गाउँमा पुगेका छन् ।

यीमध्ये कति क्वारेन्टिनमा छन् छन् र कति खुला हिँडेका छन्, जानकारी छैन ।

एक व्यक्तिबाट अर्कोमा सर्ने संक्रामक रोगको नियन्त्रणको मुख्य उपाय सर्ने क्रम तोड्नु हो । यही उपाय हो लकडाउन र स्वयम् क्वारेन्टिन ।

छिमेकी भारत लगायत अन्य देशबाट आएका नागरिकहरु तोकिएअनुसार स्वयम क्वारेन्टिनमा बसेका छन् कि छैनन् भन्ने चिन्ता सरकारमा देखिएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारत तथा अन्य देशबाट गाउँघर फर्केकाहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरे ।

उनले अहिले उपचारमा रहेका दुई जना संक्रमितसँग यात्रा गरेर फ्रान्स र कतारबाट आएका यात्रुहरुलाई सम्पर्कमा आउन आह्वान गरेका छन्।

उनले विदेशबाट आएर गाउँ पुगेका व्यक्तिहरुका कारण त्यहाँको समाज भयभित रहेको भन्दै उनले नजिकको अस्पतालमा गएर आफ्नो स्वास्थ्य परीक्षण गराउन र सरकारको निर्देशन अनुसार क्वारेन्टिनमा बसेर समाजलाई सुरक्षित बनाउन आह्वान गरेका छन् ।

स्वास्थ्य मन्त्रीको आह्वान छ— कोरोना भाइरस संक्रमति व्यक्तिहरु जो जहाँ छौँ, आफ्नो ठाउँ नछोडौँ, स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओले तोकेको मर्यादा सबैले पालना गरौँ ।

व्यक्ति, परिवार, समाज र राष्ट्रलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन लक डाउन पालना गर्नु, स्वयम क्वारेन्टिनमा बस्नु र शंका लागेको अवस्थामा स्वास्थ्य जाँच गराउनु नागरिकको कर्तव्य हुने मन्त्री ढकालले भनाइ छ ।

सरकारले संक्रमण फैलिन नदिन बाध्यात्मक अवस्थामा लक डाउन गर्नु परेको हो । स्वास्थ्य सेवा उन्नत नरहेको हाम्रो मुलुकमा संक्रामक रोग नियन्त्रणबाहिर गए अकल्पनीय अवस्था उत्पन्न हुन सक्छ ।

सरकारको निर्देशन पालना गर्नु, घरघरमा स्वयम् क्वारेन्टिनमा बस्नु र जनचेतना अभिवृद्धिमा सक्दो सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हो ।

साबुनपानीले बारम्बार हात धोऔँ, मास्क लगाएर बसौँ, आपसमा दूरी कायम गरेर बसौँ । संत्रमणको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा पुगेर जचाऔँ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ३९ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि