नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने | Khabarhub Khabarhub

नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने

अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि लैजाँदै


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका हुन् ।

जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ ।

युरोप फर्किन चाहनेलाई जर्मन दूतावासको वेवसाइटमा रहेको फर्म भर्न आह्वन गरिएको छ ।

अहिले जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना काठमाडौंमा छन् । यस्तै, नेपालस्थित फ्रान्स दूतावासले बुद्ध एयरको विमान चार्टर गरी पोखराबाट आफ्ना ५० जना नागरिकलाई काठमाडौं पुर्‍याउँदै छ ।

नेपालमा रहेका व्यक्तिका परिवारको विशेष चासोपछि उनीहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन लागिएको हो ।

यस्तै, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरेका छन् ।

तर, ती देशबाट कुन मितिमा विमान आइपुग्छ भन्ने विषय भने टुंगो लागेको छैन । ‘अहिले अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले आफ्ना नागरिक फिर्ता लैजान चासो दिएका छन् । डिप्लोम्याटिक सर्कल (कूटनीतिक क्षेत्र)मा यसबारे छलफल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : ०९ बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र