नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने « Khabarhub

नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने

अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि लैजाँदै


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका हुन् ।

जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ ।

युरोप फर्किन चाहनेलाई जर्मन दूतावासको वेवसाइटमा रहेको फर्म भर्न आह्वन गरिएको छ ।

अहिले जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना काठमाडौंमा छन् । यस्तै, नेपालस्थित फ्रान्स दूतावासले बुद्ध एयरको विमान चार्टर गरी पोखराबाट आफ्ना ५० जना नागरिकलाई काठमाडौं पुर्‍याउँदै छ ।

नेपालमा रहेका व्यक्तिका परिवारको विशेष चासोपछि उनीहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन लागिएको हो ।

यस्तै, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरेका छन् ।

तर, ती देशबाट कुन मितिमा विमान आइपुग्छ भन्ने विषय भने टुंगो लागेको छैन । ‘अहिले अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले आफ्ना नागरिक फिर्ता लैजान चासो दिएका छन् । डिप्लोम्याटिक सर्कल (कूटनीतिक क्षेत्र)मा यसबारे छलफल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  १२ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया