कोरोनासँग जुध्न अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज सिनेटबाट पारित « Khabarhub

कोरोनासँग जुध्न अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज सिनेटबाट पारित


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसाय एवं कामदारलाई सहयोग गर्नका लागि ल्याइएको २ खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज आमेरिकाको माथिल्लो सदन सिनेटमा सर्वसम्मत पारित भएको छ ।

रिपब्लिकन र डेमोक्र्याट नेताहरुबीच ५ दिनको सघन बहसपछि २ खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजमा सहमति जुटेसँगै सिनेटबाट पारित भएको हो ।

सिनेटमा यसको पक्षमा ९६ मत आएको थियो भने विपक्षमा शून्य मत परेको थियो । अब यो प्रस्ताव अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेटेन्टिभमा जानेछ । यो प्रस्तावमा यही साता मतदान हुनसक्ने जनाइएको छ ।

पछिल्लो प्रस्तावलाई अमेरिकी कंग्रेसले पास गरेको इतिहासकै सबैभन्दा ठूलो आर्थिक सहायता प्याकेजका रुपमा अमेरिकी सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । यो आर्थिक सहायता प्याकेजले कोरोना भाइरसका बावजुद अमेरिकी अर्थतन्त्रमा आर्थिक गतीशीलता ल्याउने विश्वास लिइएको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ६८ हजार जनाभन्दा धेरै संक्रमित छन् भने यसबाट १ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले