आजबाट दिनको २ घन्टा बैंकका शाखा खुल्ने « Khabarhub

आजबाट दिनको २ घन्टा बैंकका शाखा खुल्ने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार (आज)बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् ।

लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्‍यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकर्स संघले सबै बैंकहरूलाई बुधबार नै परिपत्र गरि एटीएम नरहेका शाखाहरू सञ्चालन गर्नको लागि आग्रह गरेको थियो ।

संघ र राष्ट्र बैंक समेतले भने जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयनमा शाखा सञ्चालनको निर्णय लिन आग्रह गरेका छन् । उच्चस्तरीय समितिको बुधबारको बैठकले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : २९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै- के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६