भारतमा लकडाउनपछि २ सय भन्दा बढी नेपाली दिल्लीमा अलपत्र « Khabarhub

भारतमा लकडाउनपछि २ सय भन्दा बढी नेपाली दिल्लीमा अलपत्र


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस फैलने क्रम बढेपछि यतिबेला  भारत र नेपाल दुबै मुलुक लकडाउनमा रहँदा २ सय भन्दा बढी नेपालीचाँही दिल्लीमै अलपत्र परेका छन् ।

नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै दिल्लीमा अलपत्र परेका हुन् । महामारीको त्रासले भारतमा काम गर्दै आएका उनीहरु व्यापार व्यवसाय बन्द भएपछि नेपाल हिँडेका हुन् ।

तर भारतमा लकडाउन भएपछि उनिहरु दिल्लीमै अलपत्र अवस्थामा रहेका हुन् । घर जानै लागेपछि लकडाउनले यात्रुवाहक रेल र बससेवा बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् ।

उनीहरुमध्ये दल्लीको नोयडा सेक्टरमा ८० भन्दा बढी अलपत्र छन् । पचासभन्दा बढी अधिकांश त्यही क्षेत्रमा क्यान्टिन, पसल र ठेला गाडा चलाउने लगायतका पेशामा संलग्न थिए।

यस्तै पचास भन्दा बढी हरियाणाको गुवगावँको मेदान अस्पताल छेउछाउमा अलपत्र परेको बताइएको छ । बैंग्लोरबाट आएका २५ जना त दिल्लीकै छतरपुरमै तीन दिनदेखिनै अलपत्र अवस्थामा छन् । यसका अतिरिक्त गोवाबाट आएका दश जना दिल्लीको पन्जाबी बागमा अलपत्र छन् ।

नेपाली अलपत्र परेका सूचना पाएपछि भारतस्थित नेपाली दूतावासले खानपानको प्रबन्ध गर्दै के गर्न सकिन्छ भन्नेबारे समन्वयको तयारी थालेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : २० बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ