कोरोना भाइरसबाट सार्क राष्ट्रमा ३१ को मृत्यु, भारत सबै भन्दा बढी प्रभावित | Khabarhub Khabarhub

कोरोना भाइरसबाट सार्क राष्ट्रमा ३१ को मृत्यु, भारत सबै भन्दा बढी प्रभावित


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ३१ जनाको मृत्यु भएको छ ।

१५ दिनअघिसम्म कोरोना भाइरसको संक्रमण नै नदेखिएका सार्क मुलुकमा दुई सातायता ३१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सार्कका पनि भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका नागरिक छन् ।

दक्षिण एसियाली मुलुकहरुमा मृतकको संख्याका आधारमा सबै भन्दा बढी भारत प्रभावित भएको छ भने संक्रमितका आधारमा पाकिस्तानमा बढी असर देखिएको छ ।

भारतीय सञ्चारमाध्यहरुका अनुसार बिहिबार अपरान्ह १ बजेसम्म भारतमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । करिव ७ सय मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित भएकाहरु मध्ये ४३ जना निको भएका छन् । कोरोना भाइरसको संक्रमण ब्याप्त भएपछि भारतले मंगलबार मध्यराति देखि २१ दिनको लकडाउन घोषणा गरेको छ ।

भारतपछि सबैभन्दा बढी पाकिस्तानमा ८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा संक्रमित हुनेको संख्या भने सार्क राष्ट्रकै सबैभन्दा बढी छ ।

त्यहाँ ११ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये छ जना सिकिस्त अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमितहरुको संख्या पनि दिनदिनै बढ्दै गएको छ । पाकिस्तानमा बिहिबार थप ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि पाकिस्तानले आन्तरिक हवाई उडान समेत बन्द गरिसकेको छ ।

कोरोना भाइरसका कारण सार्क सदस्य राष्ट्रहरुमा सबैभन्दा बढी प्रभाव पार्ने मूलुकको तेस्रो नम्बर सूचिमा बंगलादेश छ ।

बंगलादेशमा बिहिबार अपरान्हसम्म ५ जनाको मृत्यु भएको छ । ३९ जनामा संक्रमण देखिएको छ ।

यस्तै अफगानिस्तानमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ८४ जना संक्रमित देखिएका छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट सार्क मुलुकमा श्रीलंकामा ज्यान गुमाउनेको संख्या शुन्य नै रहे पनि संक्रमितको संख्या भने १ सय २ पुगेको छ ।

तीन जना निको भएर घर फर्किए पनि २ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।

यस्तै माल्दिभ्समा १३ जनाको संक्रमण देखिएको छ भने नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एक जना निको भएर २ महिना अघि नै घर फर्किए पनि दुई जनाको उपचार जारी छ ।

सार्क राष्ट्रमा सबैभन्दा कम असर परेको मुलुकमा भुटान छ । त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म २ जना मात्र संक्रमित भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : ३० बजे

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन