तराईंमा कोरोना सर्ने जोखिम उच्च : मुस्लिमहरुलाई दूरी बनाएर नमाज पढ्न आग्रह « Khabarhub

तराईंमा कोरोना सर्ने जोखिम उच्च : मुस्लिमहरुलाई दूरी बनाएर नमाज पढ्न आग्रह


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ गरेर बस्ने र एकार्कादेखि कति फरकमा बस्ने हो भन्ने पालना नगरेकाले समस्या जटिल देखिएको छ । यो समस्या हरेक गाउँमा देखिएको छ ।

खासगरी पहाडी बाहुल्य नभएको गाउँमा यो समस्याले कुन बेला विकराल रुप लिन लिन्छन् भन्न सक्ने अवस्था छैन । उनीहरुले अहिले पनि गाउँघरमा लाग्ने हटिया बजारमा सामूहिक रुपमै जाने र भीडभाडमै आफ्ना सामान खरीद गर्ने गर्नाले भाइरस एकबाट अर्कामा सजिलै सर्न सक्ने सम्भावना रहन्छ ।

मुसलमानले मस्जिदमा प्रार्थना गर्दा पनि दूरी राखेर गर्नुपर्ने बुद्धिजीवी बताउँछन् । प्रार्थना र मलामी जाँदा सामूहिक रुपमा एकापसमा जोडिएर गर्ने परम्परा र धार्मिक मान्यतालाई केही दिनका लागि विश्राम दिनुपर्ने तिनको भनाइ छ ।

सुनसरी, सोनापुर क्षेत्रमा मुसलमानको प्रार्थना गर्ने १० मस्जिदमध्ये चार वटामा शुक्रवार नमाज पढ्ने गरिए पनि अहिले कोरोना भाइरसको महामारीका कारण सबै मस्जिदमा शुक्रबार नमाज पढ्न आदेश भए पनि दूरी कायम गरेर पढ्न भने सूचना जारी नभएको सोनापुर गाविसका पूर्वअध्यक्ष हाजी मोहम्मद अब्दुलले जानकारी दिए । सुनसरीका करीब ५० गाउँमा प्रत्येक गाउँ दुईदेखि १० मस्जिद छन् । सँगै बसेर पढ्दा रोग फैलिन कति पनि समय नलाग्ने भएकाले मुसलमान सचेत हुुनुपर्ने अब्दुल बताउँछन् ।

सुनसरी सोनापुरकै हाजी सतिमका छोरा मोहम्मद मुस्ताक कतारबाट बिदा मनाउन घर आए पनि उनले कुनै जाँच गराएका छैनन् । यसबाट धेरै मानिसमा शङ्का उत्पन्न भइरहेकाले प्रहरीले यसमा विशेष ध्यान दिएर तिनलाई क्वाइरेन्टाइनमा लैजानुपर्ने नाम नबताउने शर्तमा एक स्थानीयवासीले माग गरेका छन् ।

सुनसरी चाँदबेला निवासी हाजी सफिम हम्मदले पैगम्बर हजरत मुहम्मदले पनि आपत्विपद्मा होशियार भएर बस्नू भन्ने सन्देश दिएको उल्लेख गर्दै मुसलमानले पनि कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने नियम पालना गर्नु जरुरी रहेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ३ : २८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक