प्रहरी प्रमुख र एआईजीलाई गृहमन्त्रीले भने : यो हाम्रो परीक्षाको घडि हो « Khabarhub

प्रहरी प्रमुख र एआईजीलाई गृहमन्त्रीले भने : यो हाम्रो परीक्षाको घडि हो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न सुरक्षाकर्मीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी)हरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कोरोनाको महामारी रोक्न सुरक्षा निकायले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।

‘मुलुक अहिले कोरोना भाइरसका कारण उत्पन्न संकटको सामान गरिरहेको छ । यस्तो अवस्थामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनु पर्छ,’ गृहमन्त्री थापाले भने, ‘यो हाम्रो परीक्षाको घडि पनि हो, कोरोनाको संक्रमण नियन्त्रणमा लागि जारी गरिएको लकडाउनको आदेशलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस् ।’

गृहमन्त्री थापाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई विनम्रताका साथ सम्झाएर पठाउन पनि आईजी र एआईजीहरुलाई निर्देशन दिएका छन् ।

‘लकडाउन जनताकै स्वास्थ्यका लागि हो भनेर सम्झाउनुहोस्, जनतालाई नम्र भएर यसको पालना गर्न लगाउनुहोस्,’ गृहमन्त्री थापाले भने, ‘जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस् ।’

गृहमन्त्री थापाले कोरोना भाइरसको सन्त्रासकाबीच हुने कालोबजारी नियन्त्रणमा लागि पनि प्रहरीले प्रभावकारी ढंगले कारबाही र अनुगमन गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले अहिलेको अवस्थामा स्वास्थ्य संस्थाहरु अझ बढी संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनीहरुको गतिविधिहरुमाथि पनि निगरानी बढाउन निर्देशन दिए ।

गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त अतिरिक्त महानिरीक्षकहरुलाई बधाई दिँदै जनअपेक्षाअनुसार काम गर्न सुझाव दिए ।

मन्त्रिपरिषदको हालैको निर्णयानुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालसहित प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बिहीबार गृहमन्त्री थापासँग भेट गर्न गृह मन्त्रालय पुगेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ३ : ५४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते