प्रहरी प्रमुख र एआईजीलाई गृहमन्त्रीले भने : यो हाम्रो परीक्षाको घडि हो « Khabarhub

प्रहरी प्रमुख र एआईजीलाई गृहमन्त्रीले भने : यो हाम्रो परीक्षाको घडि हो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न सुरक्षाकर्मीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी)हरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कोरोनाको महामारी रोक्न सुरक्षा निकायले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।

‘मुलुक अहिले कोरोना भाइरसका कारण उत्पन्न संकटको सामान गरिरहेको छ । यस्तो अवस्थामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनु पर्छ,’ गृहमन्त्री थापाले भने, ‘यो हाम्रो परीक्षाको घडि पनि हो, कोरोनाको संक्रमण नियन्त्रणमा लागि जारी गरिएको लकडाउनको आदेशलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस् ।’

गृहमन्त्री थापाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई विनम्रताका साथ सम्झाएर पठाउन पनि आईजी र एआईजीहरुलाई निर्देशन दिएका छन् ।

‘लकडाउन जनताकै स्वास्थ्यका लागि हो भनेर सम्झाउनुहोस्, जनतालाई नम्र भएर यसको पालना गर्न लगाउनुहोस्,’ गृहमन्त्री थापाले भने, ‘जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस् ।’

गृहमन्त्री थापाले कोरोना भाइरसको सन्त्रासकाबीच हुने कालोबजारी नियन्त्रणमा लागि पनि प्रहरीले प्रभावकारी ढंगले कारबाही र अनुगमन गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले अहिलेको अवस्थामा स्वास्थ्य संस्थाहरु अझ बढी संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनीहरुको गतिविधिहरुमाथि पनि निगरानी बढाउन निर्देशन दिए ।

गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त अतिरिक्त महानिरीक्षकहरुलाई बधाई दिँदै जनअपेक्षाअनुसार काम गर्न सुझाव दिए ।

मन्त्रिपरिषदको हालैको निर्णयानुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालसहित प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बिहीबार गृहमन्त्री थापासँग भेट गर्न गृह मन्त्रालय पुगेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ३ : ५४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका