सरकारले ‘डेलिभरी भ्यान’मार्फत् खाद्यवस्तुको आपूर्ति सहज बनाउने  « Khabarhub

सरकारले ‘डेलिभरी भ्यान’मार्फत् खाद्यवस्तुको आपूर्ति सहज बनाउने 


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले नागरिकलाई ‘डेलिभरी भ्यान’मार्फत् आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज बनाउने भएको छ।

बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यकीय खाद्य सामग्री डेलिभरी भ्यानमार्फत आपूर्ति गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्‍क्रमण रोक्न देशभर लकडाउन गरेको अवस्थामा दैनिक उपभोग्य सामानकाे अभाव हुन नदिन सरकारले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं बिक्रेताहरूले आ-आफ्नो डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्था मिलाउने निर्णय गरेको छ।

डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने गृह मन्त्रालयले जनाएको छ।

पसलहरू सञ्चालन, माग सङ्‍कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाउने, माग सङ्‍कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गगर्नका लागि सबै स्टोर एवं बिक्रेताहरूले आ-आफ्नो टोल-फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचारप्रसारको व्यवस्था मिलाउने, फोन, अनलाइन वा अफलाइनमार्फत माग सङ्‍कलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरूको (कम्बो प्याकसमेत) बिक्रीवितरण गर्नेलगायत निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले आमनागरिकलाई घरबाहिर ननिस्किन समेत आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : २२ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा