सबै प्रदेशमा तत्काल कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग | Khabarhub Khabarhub

सबै प्रदेशमा तत्काल कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको परीक्षण गर्न तत्काल सबै प्रदेशमा परीक्षण केन्द्र स्थापना गर्न माग गरेको छ ।

समाजवादी पार्टीले आज विज्ञप्तिमार्फत काठमाडौँ बाहिर कोरोना भाइरसको परीक्षणको अभावमा उपचारमा कठिनाइ देखिएकाले तत्काल सबै प्रदेशमा र त्यसपछि जिल्लास्तरमा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।

संसदीय दलका उपनेता सरिता गिरीले विज्ञप्तिमार्फत काठमाडौं बाहिरका जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षण गर्न नसकिएको र परीक्षणका लागि काठमाडौँ ल्याउन पनि लकडाउनका कारण कठिनाइ देखिएकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

यसैगरी उनले नेपाल सरकारले पोखरा, नेपालगञ्ज र धरानमा कोरोना भाइरस परीक्षण केन्द्र स्थापना गर्ने भन्ने निर्णय प्रकाशमा आएको सम्बन्धमा सबैभन्दा बढी जनघनत्व भएको प्रदेश नं २ लाई बेवास्ता गरेको गुनासो गरेकी छिन् ।

उनले कोरोना भाइरसको संक्रमितको उपचारमा दिनरात संलग्न हुने चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)लगायत स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने उल्लेख गरेकी छिन् ।

उपनेता गिरीले चीनबाट हालै सहयोग स्वरुप प्राप्त भएको भनिएका स्वास्थ्य सामग्री वितरण सम्बन्धमा जानकारी गराउन, संसद्को बैठक बस्न नसकेको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सञ्चित कोषबाट गरिने खर्चका बारेमा जानकारी गराउनुपर्ने र प्रतिनिधिसभाको बैठक यथाशीघ्र बस्नुपर्ने माग गरेकी छिन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : २१ बजे

सांसद ढकालको माग : मुक्त कमैयालाई १८ वर्षअघिको लालपुर्जा सरह उपभोग अधिकार दिनुपर्छ

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त

ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच

‘खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता’

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र

खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले