सबै प्रदेशमा तत्काल कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग « Khabarhub

सबै प्रदेशमा तत्काल कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको परीक्षण गर्न तत्काल सबै प्रदेशमा परीक्षण केन्द्र स्थापना गर्न माग गरेको छ ।

समाजवादी पार्टीले आज विज्ञप्तिमार्फत काठमाडौँ बाहिर कोरोना भाइरसको परीक्षणको अभावमा उपचारमा कठिनाइ देखिएकाले तत्काल सबै प्रदेशमा र त्यसपछि जिल्लास्तरमा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।

संसदीय दलका उपनेता सरिता गिरीले विज्ञप्तिमार्फत काठमाडौं बाहिरका जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षण गर्न नसकिएको र परीक्षणका लागि काठमाडौँ ल्याउन पनि लकडाउनका कारण कठिनाइ देखिएकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

यसैगरी उनले नेपाल सरकारले पोखरा, नेपालगञ्ज र धरानमा कोरोना भाइरस परीक्षण केन्द्र स्थापना गर्ने भन्ने निर्णय प्रकाशमा आएको सम्बन्धमा सबैभन्दा बढी जनघनत्व भएको प्रदेश नं २ लाई बेवास्ता गरेको गुनासो गरेकी छिन् ।

उनले कोरोना भाइरसको संक्रमितको उपचारमा दिनरात संलग्न हुने चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)लगायत स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने उल्लेख गरेकी छिन् ।

उपनेता गिरीले चीनबाट हालै सहयोग स्वरुप प्राप्त भएको भनिएका स्वास्थ्य सामग्री वितरण सम्बन्धमा जानकारी गराउन, संसद्को बैठक बस्न नसकेको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सञ्चित कोषबाट गरिने खर्चका बारेमा जानकारी गराउनुपर्ने र प्रतिनिधिसभाको बैठक यथाशीघ्र बस्नुपर्ने माग गरेकी छिन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया