डोटीका नौ स्थानीय तहमा १२ क्वारेन्टाइन स्थापना « Khabarhub

डोटीका नौ स्थानीय तहमा १२ क्वारेन्टाइन स्थापना


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जिल्लाका नौवटै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेशन कक्ष स्थापना गरिएको छ ।

जिल्लाका १२ ठाउँमा क्वारेन्टाइन स्थापना गरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

यहाँका स्थानीय तहका जनप्रतिनिधिले आआफ्नो स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेस्क स्थापना गर्न थालेका छन् ।

दिपायल सिलगढी, शिखर नगरपालिका, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल तथा केआइसिंह गाउँपालिकामा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

उनले भने, “जिल्लाका सबै स्थानीय तहमा भारतमा काम गरेर फर्किनेहरु बढी भएकाले उनीहरुलाइ मध्यनजर गर्दै सबै स्थानीय तहमा स्वास्थ्यकर्मीसहितको क्वारेन्टाइन र आइसोलेशन कक्ष स्थापना भएका छन्, भारतबाट आएका सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ ।”

पछिल्लो समय गाउँघरमा भएका विद्यालय तथा केही सहकारी र संस्थाका कार्यालय बन्द भएकाले तिनमा स्वास्थ्यकर्मी र शय्यासहितको क्वारेन्टाइन राख्न थालिएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्लाका दुई गाउँपालिकाले विपद् व्यवस्थापन कोषसमेत स्थापना गरिसकेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकाले रु ५० लाख तथा पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष खडा गरेका छन् ।

उता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय नागरिकलाई आफैँ सुरक्षित हुन भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकमा डोटी बहुमुखी क्याम्पसमा आवश्यकतानुसार क्वारेन्टाइन र आइसोलेशन केन्द्र स्थापना गर्ने निर्णयसमेत भएको छ ।

जिल्लाका स्थानीय तहमा स्थापना गरिएका आइसोलेशन बेड र क्वारेन्टाइनको अवस्था तथा अन्य उपकरण भए नभएका बारेमा बुझ्न छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिने जिल्ला स्वास्थ्य व्यवस्थापन समिति डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए ।

त्यसैगरी जिल्लामा अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न उद्योग वाणिज्य सङ्घ र डोटी चेम्बर अफ कमर्शलाई जिम्मेवारी तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेसँंगै जिल्लाका कलकारखाना, उद्योग, बजार पूर्ण रुपमा बन्द भएका छन् भने मानिसको आवतजावतमा पनि कमी आएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ३० बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन