कोरोनाको सन्त्रास : चैते दशैंमा बाग्लुङ कालिका मन्दिरमा सामूहिक पूजा नहुने « Khabarhub

कोरोनाको सन्त्रास : चैते दशैंमा बाग्लुङ कालिका मन्दिरमा सामूहिक पूजा नहुने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने भएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए ।

मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा बडा दशैं र चैते दशैंमा महाकाली, महालक्ष्मी, महासरस्वती, जगदम्बा भगवतीको पाठ पारायण सहित पशु बलि दिँदै आइएको थियो ।

तर यस वर्ष कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरे बमोजिम सामुहिक पूजा अर्चना र पशु बलि दिने काम स्थगित गरिएको खडग कालिका मन्दिर व्यवस्थापन समितिका सचिव तथा पण्डित रामचन्द्र गौतमले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ०० बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी