कोरोना रोक्न रघुगंगा गाउँपालिकाद्वारा ३४ लाखको आकस्मिक कोष, प्रत्येक वडामा क्वारेन्टाइन « Khabarhub

कोरोना रोक्न रघुगंगा गाउँपालिकाद्वारा ३४ लाखको आकस्मिक कोष, प्रत्येक वडामा क्वारेन्टाइन


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि  ३४ लाख रुपैयाँको आकस्मिक कोष स्थापना गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन पनि स्थापना गर्ने भएको छ ।

बिहीबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट ३० लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष भण्डारीले कोषमा व्यक्तिगत ४ लाख रुपैयाँ दिएका छन् ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रूप लिएको कोरोना विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसँगै हरेक वडामा ५ बेडको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । आठ वटै वडामा क्वारेनटाइन बनाउन आवश्यक सामागी्र खरिद गरी तीन वटा टोलीमार्फत सामान पु¥याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार सबै वडामा क्वारेनटाइनका लागि भवनहरू छानिएको छ ।

गाउँपालिकाले सरकारले जारी गरेको लक डाउनको समयमा विपन्न र असहाय नागरिकलाई खाद्यान्न वितरण गर्ने तयारी पनि गरेको छ । विहान बेलुकाको खानाको अभाव हुने विपन्न परिवारलाई वडा कार्यालहरूको सिफारिसमा खाद्यान्न उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन जनचेतनामूलक अभियानसँगै जनप्रतिनिधि, युवा, आमा समूह लगायतको माध्ययमबाट हरेक वडामा पछिल्लो दुई सातायता विदेशबाट आएका व्यक्तिहरूको तथ्यांक संकलन गर्ने भएको छ । उनीहरूलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरिने छ ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको सुरक्षाको लागि १७ थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) समेत खरिद गरेको गाउँपालिकाले जनाएको छ ।

चिनियाँ पर्यटक प्रहरीको जिम्मा

यसैबीच रघुगंगा गाउँपालिकाको बेगखोलमा भेटिएका दुई जना चिनियाँ नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ ।

स्थानीय पत्रकार दलप्रसाद तिलिजाले दिएको जानकारी अनुसार दुई महिनाअघि नै नेपालमा आएका ती चिनियाँ नागरिकलाई बेगखोला धुबीबोटस्थित एक रेष्टुरेन्टबाट स्थानीयबासीले सम्मानपूर्वक प्रहरीलाई जिम्मा लगाएको

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न गाउँपालिकाले स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँ प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सोही अनुसार ती चिनियाँ नागरिकलाई प्रहरीको जिम्मा लगाइएको स्थानीयको भनाइ छ । चिनियाँ नागरिकसँग नेपालमा बस्न मिल्ने अझै ८ दिनको भिजिट भिसा रहेको छ ।

जिल्लाका अन्य स्थानीय तहले समेत स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेमा सदरमुकामसम्म लैजाने तर गाउँमा घुम्न जाने नदिने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : १० बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक