राराको रिसोर्टमा आगलागी, लाखौंको क्षति « Khabarhub

राराको रिसोर्टमा आगलागी, लाखौंको क्षति


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्ला स्थित रारा राष्ट्रिय निकुञ्जभित्र रहेको भिलेज हेरिटेज एन्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासी आगलागी हुँदा २ तले भवन सहित रिसोर्टमा रहेको लाखौंको धनमालको क्षति भएको छ।

निकुञ्जको कार्यालय भन्दा ५० मिटर माथि रहेको भिलेज हेरिटेज एन्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासी आगलागी हुँदा २ तले भवन सहित भवनभित्र रहेका होटलका लाखौं मूल्य बराबरका जिन्सी सामान जलेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाले जानकारी दिए ।

आगलागी भए लगत्तै नजिकै रहेको श्रीदल गुल्मका नेपाली सेना र निकुञ्जका वन रक्षकहरुको टोलीले आगो निभाउन सहयोग गरेका थिए।

भवनको आगो निकुञ्जको वनक्षेत्रमा नसल्कियोस् भनेर सुरक्षाकर्मीहरुले अग्नि रेखा समेत हालेर वन जोगाए पनि भवन पूर्ण रुपमा खरानी भएको छ।

आगलागी भएको करीब १ घण्टापछि आगो नियन्त्रणमा आए पनि भवनको धेरैजसो संरचना काठले निर्माण भएकाले जलेर खरानी भएको हो ।

वैशाख महिना लागे यता सदरमुकाम आसपास यो सहित ५ वटा आगलागीका घटना भएका छन् । गत बुधबार मात्र छायाँनाथ रारा नगरपालिका १४ बाम गाउँको एक घरमा आगलागी हुँदा पूरै घरसहित सरसामान जलेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ३९ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा