उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद « Khabarhub

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । 

स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा बोक्न प्रयोग गरिएका बोलेरोे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजन चापागाँईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुल नजिकैको जङ्गल र चौदण्डीगढी नगरपालिका–१ चारघरेबाट गाँजा बरामद गरेको । 

प्रहरी उपरीक्षक चापागाईंका अनुसार गए राति  पनि कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ । 

तिनतलेबाट सिराहातर्फ उक्त गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, चौदण्डीगढी नगरपालिका–१, चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा आज बिहान पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ४ : ४१ बजे

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि