विदेशमा बस्ने ५० लाख नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ : कांग्रेस | Khabarhub Khabarhub

विदेशमा बस्ने ५० लाख नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ : कांग्रेस


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न सरकारसँग आग्रह गरेको छ ।

शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले महामारीका बेला नेपालबाहिर रहेका करिब ५० लाख नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्न सरकारसँग आग्रह गरेका हुन् ।

शर्माले जारी गरेका विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल देशले एकातर्फ नेपाल भित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपालबाहिर करिब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नु छ ।’

यस्तै, कोरोनाका कारण विदेशमा एक हजार २०० भन्दा बढी नेपाली संक्रमित बनेको उल्लेख गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘अप्रिल २४ सम्म आइपुग्दा करब ५० नेपालीको मृत्यु भएको छ भने विश्वव्यापी रुपमा नेपालीहरु संक्रमित भएको संख्या प्रमाणित रुपमा १२ सय एवं तथ्याङ्कमा अंकित हुन नसकेको अनुमानित समेत गर्दा करिब १८ सय पुगेको छ।’

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : २२ बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी