विदेशमा बस्ने ५० लाख नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ : कांग्रेस « Khabarhub

विदेशमा बस्ने ५० लाख नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ : कांग्रेस


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न सरकारसँग आग्रह गरेको छ ।

शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले महामारीका बेला नेपालबाहिर रहेका करिब ५० लाख नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्न सरकारसँग आग्रह गरेका हुन् ।

शर्माले जारी गरेका विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल देशले एकातर्फ नेपाल भित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपालबाहिर करिब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नु छ ।’

यस्तै, कोरोनाका कारण विदेशमा एक हजार २०० भन्दा बढी नेपाली संक्रमित बनेको उल्लेख गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘अप्रिल २४ सम्म आइपुग्दा करब ५० नेपालीको मृत्यु भएको छ भने विश्वव्यापी रुपमा नेपालीहरु संक्रमित भएको संख्या प्रमाणित रुपमा १२ सय एवं तथ्याङ्कमा अंकित हुन नसकेको अनुमानित समेत गर्दा करिब १८ सय पुगेको छ।’

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : २२ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा