महावीर पुनद्वारा नेपालमै ‘एन ९५’ भन्दा गुणस्तरीय मास्क उत्पादन « Khabarhub

महावीर पुनद्वारा नेपालमै ‘एन ९५’ भन्दा गुणस्तरीय मास्क उत्पादन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धानकर्ताहरुले निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ ।

गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले यस मास्कमा हेपा(एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी जनाएका छन् । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दा पनि राम्रोसँग ०.३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको छ ।

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्वय प्रदिप कार्की र नविन अधिकारीले गरेको पुनले फेसबुकमार्फत जानकारी दिएका हुन् ।

नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उनले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै

राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले N95 मास्कको बिकल्पको रुपमा HEPA फिल्टर र N99 फिल्टर प्रयोग गरेर बनाएको मास्कको ल्याब टेस्टको नतिजा राम्रो आयो ।
HEPA फिल्टरले लगभग N95 मास्क जत्तिकै राम्रो संग र N99 फिल्टरले N95 मास्कले भन्दा पनि राम्रो संग अति साना र सुक्ष्म कणहरु (0.3 micron सम्मका) फिल्टर गर्न सक्ने अनुसन्धानको रिपोर्ट आयो । सो परीक्षण तिलगंगा आँखा अस्पतालको ल्याबमा बिज्ञहरु प्रदिप कार्की र नबिन अधिकारीले गरेर रिपोर्ट दिनु भएको हो । HEPA फिल्टरलाई मास्क बनाएर केही नभएको अबस्थामा प्रयोग गर्न मिल्ने देखियो । भविष्यमा विदेशबाट आउने N95 मास्क जत्ति कै राम्रो गुणस्तरको मास्कहरु यस्तै फिल्टरहरु प्रयोग गरेर नेपालमा नै बनाउन सकिने कुरा थाहा भयो । तिलगंगा आँखा अस्पताल र त्यहाका बिज्ञहरुलाई धेरै धन्यबाद छ ।

यसअघि उनले

UVC (Ulta-violet C) किरण प्रयोग गरेर भाईरस र ब्याक्टेरियाहरु मर्छ कि मर्दैन भन्ने विषयमा राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरिरहेको जानकारी समेत दिएका छन्ग । यसको लागि 254 nm wave length भएको UVC किरण प्रयोग गरिएको उनले बताएका छन् । यो अनुसन्धानको लागी टेकु अस्पताल, टिचिंग अस्पताल, त्रिभुबन बिश्वबिद्यालय र राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले मिलेर काम गरीरहेकाे बताए । 

यसको उपयोग कोरोनाको उपचार गर्दा डाक्टर र स्वास्थ्यकर्मीहरुले प्रयोग गरि सकेका मास्कहरु, ग्लोबहरु र भाइजरहरु लाई किटाणु रहित बनाउन प्रयोग हुन्छ । अब UVC बाकस बनाएर अस्पतालहरु लाई र कोरोनको उपचार गर्ने सेन्टरहरु लाई दिने उनले बताए । उनले  अहिले सम्म दुइ चरणको अनुसन्धान भई सकेको र त्यसको नतिजा राम्रो आएको बताउँदै अब तेस्रो चरणको अनुसन्धान बीर अस्पतालको प्याथालोजी ल्याबमा गरिने जानकारी दिएका छन् । 

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : ५० बजे

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७

महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप

विराटनगर– विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको

गगन र विश्वप्रकाशको एक स्वर, ‘विशेष महाधिवेशनको विकल्प छैन’

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग थप सशक्त बन्दै गएको

स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा योजना तय गर्न सुझाव

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८)को अवधारणपत्र तयारीका

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई