खेलाडीहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन : वर्षमान « Khabarhub

खेलाडीहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन : वर्षमान


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको पहिचान उच्च बनाएको बताएका छन् ।

‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।

 ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरू मुलुकको गौरव हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ ।’

उनले समाजको सबै क्षेत्रले खेलाडीहरूलाई रोल मोडलका रुपमा लिने गरेको बताए । पछिल्लो समय क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालजस्ता खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको उनको भनाइ थियो । शारीरिक र मानसिक रूपले तन्दुरुस्त नागरिक तयार गर्न खेल क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा खेलाडीको व्यावसायिकता वृद्धि गर्नुपर्नेमा पुनले जोड दिए ।

पुनले विद्यालय र क्याम्पसमा विद्यार्थी हुँदा आफू पनि फुटबल र भलिबल खेलाडी रहेको स्मरण गरे । पुनले भक्त राना नेपालको गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका साथै खेल प्रेमीसमेत रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ११ : ३० बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध