लकडाउनमा पनि काठमाडौं उपत्यकामा १३४ सवारी दुर्घटना « Khabarhub

लकडाउनमा पनि काठमाडौं उपत्यकामा १३४ सवारी दुर्घटना


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनमा समेत काठमाडौं उपत्यकामा १३४ वटा सवारी दुर्घटना भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन हुन नदिइएको यो अवधिमा पनि उपत्यकामा १३४ सवारी दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् । त्यसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।

लकडाउनको अवधिमा पूर्ववत अवस्थामा भन्दा कम सवारी दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सवारी आवागमनलाई सुरक्षित राख्न महाशाखाले  एक हजार एक सय हाराहारीमा ट्राफिक  प्रहरीलाई खटाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ०६ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा