लकडाउनमा पनि काठमाडौं उपत्यकामा १३४ सवारी दुर्घटना « Khabarhub

लकडाउनमा पनि काठमाडौं उपत्यकामा १३४ सवारी दुर्घटना


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनमा समेत काठमाडौं उपत्यकामा १३४ वटा सवारी दुर्घटना भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन हुन नदिइएको यो अवधिमा पनि उपत्यकामा १३४ सवारी दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् । त्यसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।

लकडाउनको अवधिमा पूर्ववत अवस्थामा भन्दा कम सवारी दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सवारी आवागमनलाई सुरक्षित राख्न महाशाखाले  एक हजार एक सय हाराहारीमा ट्राफिक  प्रहरीलाई खटाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ०६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न