मन्त्रिपरिषद् बैठक बस्दै, एक साता लकडाउन थप्ने तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, एक साता लकडाउन थप्ने तयारी


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय कार्यदलले थप एक साता लकडाउन बढाउन सिफारिस गरेपछि आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बैठकले कार्यदलले सिफारिस गरेको आधारमा लकडाउन बढाउने तयारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले चैत्र ११ गतेदेखि तीन पटकसम्म थपेको लकडाउन सोमबार सकिदैछ ।

सो लकडाउन सकिनुअघि नै सरकारले आवश्यक निर्णय गर्न लागेको हो । यसका लागि दिउँसो २ मन्त्रिपरिषद् बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिए ।

‘लकडाउनका विषयमा भारतले गर्ने निर्णय र त्यहाँको संक्रमणको अवस्थालाई ध्यानमा दिएर मात्र निर्णय हुनसक्नेछ,’ उनले भने ‘अन्यथा लकडाउनका विषय तत्काललाई पुनरविचार हुन सक्ने अवस्था छैन ।’

यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडानलाई थप १५ दिन प्रतिबन्ध लगाउँदै जेठ २ गतेसम्मका लागि पुर्‍याइसकेको छ ।

सरकारलाई विज्ञहरु तथा संसदीय समितिले कोरोना भाइरसको प्रभाव क्षेत्र बर्गिकरण गरेर लकडाउन खुकुलो बनाउन सुझाव तथा निर्देशन दिए पनि अहिल्यै त्यस्तो गरे अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै उच्चस्तरीय समिति र कार्यदलमा तत्कालै लकडाउन खुकुलो पार्न नहुने आवाज उठेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ४४ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न