मन्त्रिपरिषद् बैठक बस्दै, एक साता लकडाउन थप्ने तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, एक साता लकडाउन थप्ने तयारी


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय कार्यदलले थप एक साता लकडाउन बढाउन सिफारिस गरेपछि आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बैठकले कार्यदलले सिफारिस गरेको आधारमा लकडाउन बढाउने तयारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले चैत्र ११ गतेदेखि तीन पटकसम्म थपेको लकडाउन सोमबार सकिदैछ ।

सो लकडाउन सकिनुअघि नै सरकारले आवश्यक निर्णय गर्न लागेको हो । यसका लागि दिउँसो २ मन्त्रिपरिषद् बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिए ।

‘लकडाउनका विषयमा भारतले गर्ने निर्णय र त्यहाँको संक्रमणको अवस्थालाई ध्यानमा दिएर मात्र निर्णय हुनसक्नेछ,’ उनले भने ‘अन्यथा लकडाउनका विषय तत्काललाई पुनरविचार हुन सक्ने अवस्था छैन ।’

यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडानलाई थप १५ दिन प्रतिबन्ध लगाउँदै जेठ २ गतेसम्मका लागि पुर्‍याइसकेको छ ।

सरकारलाई विज्ञहरु तथा संसदीय समितिले कोरोना भाइरसको प्रभाव क्षेत्र बर्गिकरण गरेर लकडाउन खुकुलो बनाउन सुझाव तथा निर्देशन दिए पनि अहिल्यै त्यस्तो गरे अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै उच्चस्तरीय समिति र कार्यदलमा तत्कालै लकडाउन खुकुलो पार्न नहुने आवाज उठेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ४४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको