तुरून्तै विद्यालय खोल्न सक्ने अवस्था नरहेको शिक्षामन्त्रीको प्रष्टोक्ति « Khabarhub

तुरून्तै विद्यालय खोल्न सक्ने अवस्था नरहेको शिक्षामन्त्रीको प्रष्टोक्ति


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा  मन्त्री पोखरेलले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था तत्कालै नआउने प्रष्ट पारे ।

शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे ।

विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ०५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु